यदि तपाइँसँग तपाइँको पुरानो डाउन ज्याकेट छ र यसको बारेमा चिन्ता गर्दै हुनुहुन्छ भने, चिन्ता नगर्नुहोस्! डाउन ज्याकेट मन पराउनेहरूका लागि विशेष योजना छ। हामी यहाँ मुख्यतया तीनवटा सेवाहरू प्रस्तुत गर्दैछौं जुन तपाईंले खुसीसाथ फाइदा लिन सक्नुहुन्छ।
1. डाउन मर्मत सेवा
हामी, हाम्रो डाउन मर्मत सेवा प्रस्तुत गर्न पाउँदा खुसी छौं। यस सेवामा, तपाईं आफ्नो पुरानो डाउन ज्याकेट मर्मत गर्न ल्याउन सक्नुहुन्छ। हामी तपाईको ज्याकेटको राम्रोसँग जाँच गर्नेछौं र यसलाई सकेसम्म राम्रो बनाउन प्रयास गर्नेछौं। हाम्रा अनुभवी मास्टरहरूले तपाईंको पुरानो डाउन ज्याकेट राम्रो बनाउन मद्दत गर्नेछन्। चार्जकोरूपमा, यो तपाईंको पुरानो ज्याकेटको अवस्थाको आधारमा फरक हुन सक्छ।
2. डाउन ज्याकेट एक्सचेंज
डाउन ज्याकेट मर्मत गर्नु बाहेक, तपाइको पुरानो डाउन ज्याकेटसँग नयाँ डाउन ज्याकेट एक्सचेन्ज पनि गर्छौं। हामी तपाईंको पुरानो डाउन ज्याकेटको अवस्था जाँच गरिसकेपछि ज्याकेटको मूल्याङ्कन(भ्यालुएसन) दिनेछाै। त्यसपछि यदि तपाइँ नयाँसँग साट्न चाहनुहुन्छ भने, तपाइँले, मूल्याङ्कन गरिएको रकमको कटौती पछि मात्र बाँकी रकम तिर्नुपर्नेछ। तर ध्यान राख्नुहोस् कि तपाईंले ल्याउनुभएको हरेक पुरानो डाउन ज्याकेट साटिन्छ भन्ने छैन! यो तपाईंको ज्याकेटको अवस्था र कम्पनीको अन्तिम निर्णयमा भर पर्छ।
3. नयाँ अर्डर
यदि तपाईंले आफ्नो मिल्ने साइजको डाउन ज्याकेटहरू पाउन सक्नु भएन भने, चिन्ता नगर्नुहोस्। तपाइलाइ मिल्ने साइजको ज्याकेट नयाँ अर्डरमा पनि बनाउन सक्नुहुन्छ। तर ध्यान राख्नुहोस् कि थोरै मात्राको लागि, हामी हाम्रो कम्पनीको लोगो हटाउने, ज्याकेटको डिजाइन परिवर्तन गर्ने जस्ता कुराहरु गर्नेछैनाैं।
For more details:
+977-015900872
+977-9851140073
[email protected]
Kandaghhari
Kageshwori-9, Sahara Complex
Kathmandu
Nepal
